१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा टुङ्गियो मन्त्रालयको भागबण्डा

अ+ अ-

काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बागमती प्रदेशमा दलहरूले लिने मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ।

भागबण्डाको टुङ्गो नलागेर मन्त्रिपरिषद् विस्तार ढिलाइ भइरहेका बेला बालुवाटारमा प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मन्त्रालय भागबण्डामा सहमति गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बागमतीका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले बिहीबार छलफल गरेर बागमतीको मन्त्रालय भागबन्डा मिलाएका हुन्।

एक नेताका अनुसार खालि रहेका ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने बालुवाटारमा सहमति भएको छ।

बागमतीमा ६ मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको कांग्रेसले ५ मन्त्रालय मात्रै पाउने भएको छ। बालुवाटार बैठकले एकीकृत समाजवादीलाई दाबी गरे अनुसारकै २ मन्त्रालय दिएको छ।

काँग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रामकृष्ण चित्रकारले आफूहरूलाई ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको बताए। ‘अहिले ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको हो, बाँकी प्रदेशमै मिलाउनुस् भन्ने केन्द्रको निर्देशन छ,’ उनले भने।

११ सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट ४ र काँग्रेसबाट २ मन्त्री छन्। रिक्त ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने छ।

बागमतीमा राज्यमन्त्रीको संरचना छैन। राज्यमन्त्री थप गर्ने विषय प्रदेशमै छलफल गरी निर्णय गर्ने र एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइने जनाइएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल र माअ‍ोवादी केन्द्र भने प्रदेशमा मन्त्रालयको संख्या नबढाउने पक्षमा छ।

प्रतिक्रिया दिनुहोस