काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेपछि अध्यक्ष यादवले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन्।
यादवले अब सदाका लागि अनागरिक भएका जनताले नागरिकता पाउने भन्दै खुसी व्यक्त गरेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणसँगै देशमा नागरिकताको समस्या समाधान भएको उनको भनाइ छ ।