२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ महिनाभित्र रिजल्ट र २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था गर्न माग 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले २४ घण्टाभित्र ट्रान्स्कृप्ट, मार्कसिट, माइग्रेसन, प्रोभिजनल प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेको छ ।

मङ्गलवार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई एक ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले परीक्षा सञ्चालन भएको २ महिनाभित्र नतिजा प्रकाशन गर्न पनि माग गरेको छ ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयलाई पेपरलेस (कागजरहित) बनाउनका लागि भौचर प्रणाली, परीक्षा आवेदन फारम जस्ता कुराहरू अनलाइन प्रविधिमार्फत गर्न पनि माग गरिएको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका इन्चार्ज प्रशान्त भण्डारी र संयोजक समीरराज विष्टले बुझाएको ज्ञापनपत्रमा परीक्षा नियन्त्रण कार्यालयमा देखिएको अव्यवस्थित वातावरणको अन्त्य गर्न आवश्यक सङ्ख्यामा प्रविधिमैत्री एवं दक्ष कर्मचारी नियुक्ति गर्न पनि माग गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको सेवालाई विकेन्द्रित गर्न र परीक्षा सम्बन्धी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट गराउन पनि अनेरास्ववियुले माग गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत सबै कर्मचारी समयमा नै कार्यालय उपस्थित हुनुपर्ने र सेवाग्राहीप्रति अनुशासित, मर्यादित व्यवहार गर्नुपर्ने र जबाफदेही बन्नुपर्ने पनि अनेरास्ववियुको माग छ ।