२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न

अ+ अ-

काठमाडौँ । स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहका बीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ सम्पन्न भएको छ ।

महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधामा चारसहित १८ विधामा सर्वोत्कृष्ट घोषित भएर विजेता बनेकालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे । उनले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनको विषयमा देखिएको असन्तुष्टिलाई सुन्दै चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्‍याउन पुलको काम गर्ने बताए ।

‘म तपाईँहरूकै सेवक हुँ । त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्’, मन्त्री लिम्बूले भने, ‘हामी भिन्न क्षेत्रमा रहे तापनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौँ ।’ महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान), लेखनमा विकाश सुवेदी (प्रकाश)ले अवार्ड जितेका थिए ।

यस्तै, छोटो चलचित्रतर्फ चलचित्रमा तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किड्न्याप), लेखकमा सिर्जना कार्की (दुखी बुहारी), छायाँकारमा ज्ञानेन्द्र खतिवडा (अहम् प्रेम)ले अवार्ड जिते । नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य(इन्द्रायणी) ले अवार्ड जिते ।

समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन(आयरल्याण्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाँकार द लाइट बल्व (भेनेजुएला) र उत्कृष्ट निर्देशक फिडलस्ट्रिक (इजिप्ट) बाट एजिडिन एफडेल हेडी घोषणा गरियो । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताएका छन् ।

“हामी तेस्रो संस्करणमा आइपुग्दा झनै बृहत्रुपमा अगाडि बढिरहेका छौँ । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । हामीमा देखिएको चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल साबित गरिरहेको छ”, उनले भने ।