काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद भवनमा आज बिहान ११:३१ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि को छलफलमा भाग लिइसकेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ।