२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च तापक्रमका कारण करोडौँको ड्रागन कुहियो

अ+ अ-

काठमाडौँ। केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रागन फ्रुट नस्ट भएको छ। तापक्रम बढेसँगै फूल फुल्दै गरेका र फल लागेका ड्रागन फ्रुट बोटमै कुहिएका छन्।

तीन पटक (लट) सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रागन किसान मार्कामा परेका छन्। चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन्।

यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रागन क्षति गरेको छ।

‘पहिलो पटक सुरु गरेको खेतीमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो’, तामाङले भने। ड्रागनको बोट पहेँलिनु, फल कुहिनुले पहिलो पटक मै नराम्रो झट्का लागेको उनले बताए।

‘अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ। पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्छ”, पूर्व वडाध्यक्ष तामाङले भने।

पथरी शनिश्चरे(८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रागनका बोटमा क्षति भएको छ। अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन्।

लिम्बूले यस पटकको घाम र हावाले रू १५ लाख बराबरको ड्रागन कुहिएको जानकारी दिए। फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मौसमका कारण चाउरिएर साना दाना लागेका उनले बताए ।

एक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बूको भनाइ थियो। ‘एक पटकको लगानीले २५ वर्षसम्म उत्पादन दिने गरेको छ। सुरुमा केही समस्या भए पनि पछि सामान्य हेरचाहा गरे राम्रो उत्पादन हुन्छ’, उनले भने ।

सुनवर्शी नगरपालिका(१ मा सञ्चालित तुर्छा ड्रागन फ्रुट फर्ममा रू १५ देखि २० लाख बराबरको फुल्दै गरेको ड्रागनका फल बोटमै ओइलिएर खसेका फर्मका सञ्चालक गणेश राईले बताए।लगातार एक हप्तासम्म लागेको चर्को घाम र बढ्दो गर्मीका कारण तीन लटसम्मका फल कुहिएको उनले बताए।

मोरङ गछियामा व्यावसायिक ड्रागन खेती गर्दै आएका टिएन तामाङको फर्ममा रू चारदेखि पाँच लाख बराबरको ड्रागन कुहिएको छ। सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासि लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो।

पूर्वी नेपालमा पहिलो पटक ड्रागन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए । आफूले सञ्चालन गरेको तर्जुमा ड्रागन फ्रुट फर्ममा मात्रै रू पाँच सात लाखको फल कुहिएर झरेको उहाँको भनाइ थियो।

‘ड्रागनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ । यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्ने गर्छ। ड्रागनमा फूल फुल्ने, फल लाग्ने र फल पाक्ने क्रम सँगसँगै हुन्छ। सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ’, घलेले भने। उनका अनुसार फल पाक्न सुरु भएपछि १९ हप्तासम्म प्रत्येक एक हप्ताको फरकमा फल टिप्न सकिन्छ।

ड्रागन फलको नेपालमा अत्यधिक माग छ। खुल्ला सिमानाका भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आएको ड्रागन फ्रुटले नेपाली बजार चलेको छ।बाहिरबाट आयात हुने ड्रागन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रागनले बजार नपाउने किसानको भनाइ छ।

नेपाली ड्रागनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरू बताउँछन्। पूर्वमा ड्रागन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन्।

नेपालमा ड्रागन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो। चर्को घामका कारण ड्रागनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या आउन थालेको किसानले गुनासो गरेका छन्।

ड्रागन खेती विज्ञताको कमी र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ। साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ।