११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैकद्वारा तीन करोड सहयोग

अ+ अ-

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधवार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु. तीन करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

आज राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोगस्वरुप रु. तीन करोडको चेक हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण कयौँ मानिस हराइरहेका छन् भने प्रभावित अझै पनि उद्धार एवं राहतको पर्खाइमा रहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग प्रदान गरेको जनाएको छ । 

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकप्रति राष्ट्रिय वाणिज्य बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन र घाइतेहरूको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ । बैंकले विगतमा पनि राष्ट्रिय विपदका घटनाबाट प्रभावितहरूलाई राहत उद्धार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

0 Comments