काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त मधुसुदनप्रसाद गोर्खालीको निधन भएको छ। सोमबार बिहान गोर्खालीको वीर अस्पतालमा निधन भएको हो। उनी कुशल प्रशासकको छवि भएका कर्मचारी थिए।
८९ वर्षीय गोर्खाली केही समयदेखि अस्वस्थ थिए। उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।







