२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नायब सुब्बालाई हातपात गरेपछि न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा

अ+ अ-

काठमाडौँ । आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा छन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी सङ्गठनहरूले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरूले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।

१३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरूप न्यायालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सम्बन्धित समाचार : नासुमाथि हातपात भएपछि कर्मचारीहरूले जनाए आपत्ति 

अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि ‘तपाईँले जुन-जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा अपशब्द प्रयोग गरेर ‘तैँले के गर्न सक्छेस् गर’ भन्दै हातपात गरेको जिल्ला अदालत ललितपुरका कर्मचारीहरूले जनाएका छन् ।

नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरूले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् । कानुन व्यवसायीहरूबाट कर्मचारीहरूलाई धम्की र दबाब आएको भन्दै उनीहरूले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

न्यायालयका कर्मचारीहरूले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । अधिवक्ता लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।

सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ