२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

अ+ अ-

काठमाडौँ। एक महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी पक्राउ परेको छन् ।

बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गर्ने अधिवक्ता अमिर लामिछानेले पक्राउ परेका हुन ।

पीडित कर्मचारी तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएपछि बुधबार नै अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले प्रशासनलाई बताए ।

लामिछानेमाथि थुनामा राखेर अनुसन्धान भइरहेको शाहले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार कार्यालय समय भित्र अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका हुन । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिने विषयमा महिला कर्मचारी तामाङमाथि हातपात भएको उपरीक्षक शाहको भनाई छ ।

कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट नायब सुब्बा तामाङको भित्री मुखमा चोट देखिएको छ । तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।