१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई ३ वर्ष जेल सजाय

अ+ अ-

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ। 

इस्लामावाद ट्रायल कोर्टले शनिबार पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ) का अध्यक्ष रहेका खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाएको द डनले जनाएको छ। 

तोशाखाना केसमा उनलाई तीन वर्ष जेलसँगै एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ। सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए। 

‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरणहरू दिएका थिए र भ्रष्ट अभ्यास गरेकोमा उनी दोषी देखिएका छन्,’ उनले भने। खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको डनले जनाएको छ। 

यस प्रकरणमा अदालतले दोषी देखाउँदै ५ वर्ष राजनीति गर्न पनि प्रतिबन्ध लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। एडिएसजे दिलावरले आदेशको कार्यान्वयनको लागि प्रतिलिपि इस्लामावाद प्रहरी प्रमुखलाई पनि दिन भनेका छन्।

पाकिस्तान प्रहरीले खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरेको रोयटर्सले जनाएको छ। खानका वकिल इन्तजार हुसैन पन्जुथाले रोयटर्सलाई फोन गरी खान पक्राउ परेको जानकारी दिएका हुन्।  सुनुवाइ सुरू हुनुअगावै अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। इजलासमा पनि वकिलहरूलाई मात्रै प्रवेश दिइएको थियो। उक्त सुनुवाइ हुँदा खान अदालतमा उपस्थित थिएनन्। 

खानले आफू प्रधानमन्त्री हुँदा पाएका उपहारहरू अवैध तरिकाले बेचेको आरोप छ। जसलाई तोशाखाना प्रकरण भन्ने गरिएको छ। यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १०मा उजुरी दिएको थियो।

प्रतिक्रिया दिनुहोस