२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ । यही साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

उनले भने, “सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिन मन्त्रालयले चाहेको छ ।” प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ । एउटा पशुलाई खोप लगाउने प्राविधिकले रु.२० पाउने छन् । निजी क्षेत्रबाट प्राविधिक छनोट गरेर खोप लगाउन लागिएको हो ।

एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य रु. एक सय ३० हाराहारी पर्न आउँछ । यो अभियानमा प्रदेशले करिब रु. एक करोड खर्च गर्न लागेको उनले जानकारी दिए ।

हालसम्म बागमती प्रदेशमा लम्पी स्किनबाट कूल सङ्क्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ३३ हजार छ सय २४ छन् भने कम ललितपुरमा एक हजार आठ सय ८८ छन् । सक्रिय सङ्क्रमित पशुको सङ्ख्या एक लाख १० हजार चार सय ४० रहेको उनले जानकारी दिए । जसमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी २७ हजार दुई सय ९९ र ललितपुरमा सबैभन्दा कम छ सय ५१ छन् । सङ्क्रमणमुक्त भएका पशुको सङ्ख्या ८८ हजार दुई सय ५७ पुगेको छ ।

उक्त रोगका कारण हालसम्म ६ हजार दुई सय ९१ पशु मरेका छन् । जसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी आठ सय ९६ छन् भने सबैभन्दा कम ललितपुरमा एक सय ४५ छन् । हालसम्म एक लाख ३२ हजार नौ सय पशुलाई खोप लगाइसकिएको छ । सचिव पाण्डेले रोग नियन्त्रणका लागि सुरुका दिनदेखि हालसम्म प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयमार्फत काम गरिरहेको बताए ।