काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछाड्ने बताएका छन् ।
मङ्गलवारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अनुसन्धान भइरहेको र दोषी देखिए माओवादी वा जुनसुकै दललाई पनि नछाड्ने उनको दाबी छ ।
“को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानुलनाई लागु गर्न दिन्छौँ,” श्रेष्ठले भने, “अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान तथ्य प्रमाणले दोषी प्रमाण देखाउँछ भने कोही छुट्ने छैन । कोही उम्कन पाउँदैन । दृढतापूर्वक भन्न चाहन्छु ।”







