१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको झण्डा वा चिह्न प्रयोग गरी फेसबुक पेज नचलाउन काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

साथै प्रत्येक केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिलाई एक-एकवटा आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न पनि काँग्रेसको निर्देशन छ ।

मीन विश्वकर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागले मङ्गलवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जनाएको हो । ‘क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न गराउन र पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न गराउन निर्देशन दिने काम भएको छ, ’विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले आयोजना गरेको आन्तरिक विशेष अभियानको समीक्षा गर्दै यस्तो बताइएको हो । जहाँ केही निर्वाचनहरूमा काँग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा पार्टीकै आन्तरिक असन्तुष्टि र नेतृत्वबीच बेमेललाई प्रमुख कारणको रूपमा औँल्याइएको छ ।

विज्ञप्तिमा उल्लेख छ, नेपाली राजनीतिक सन्दर्भमा नेपाली काँग्रेस जनताको स्थायी विश्वास पाएको दल मान्न सकिन्छ । तथापि केही निर्वाचनहरूमा काँग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा कहिले आफ्नै अन्तर्कलह, कहिले सांगठानिक अव्यवस्था त कहिलेकाहीँ नेतृत्वको बेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेता साथीहरूको बुझाइ रहेको पाइयो ।’

प्रतिक्रिया दिनुहोस