२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरका अविस्मरणीय पलहरू

अ+ अ-

फागुन ३ गते मेरो एल.एल.बी को परीक्षा थियो तर पनि त्यो परीक्षामा सामेल हुन मन लागेन किनकि  नेपाल प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को मेरो पहिलो दिन थियो र मलाइ कतिखेर, कसरी समयमा त्यहाँ पुगौँ र म लगायत लोकसेवा आयोगबाट सिफारिस भएर आएका अधिकृत प्रशिक्षार्थीहरू सँग भेटौँ र कुरा गरौँ भन्ने कौतुहलताका साथ म नेपाल प्रशिक्षण प्रतिष्ठानमा  बिहान ९ बजे नै पुगे । त्यहाँ म जस्तै अनेक रहेछन् सबैलाई भेटे तर मलाई पहिला देखि नै  एक नम्बरमा नाम निकाल्ने को होला भन्ने व्यक्तिलाई पनि चिन्न मन लागेको रहेछ । त्यहाँ बाहिर गेटकै दायाँ छेउको वालमा  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान लेखेको बोर्डमा फोटो खिच्नेको भिड रहेछ यो सपना प्रशिक्षार्थीले आफू अधिकृतको तयारी गर्दै यो भित्तोमा फोटो कहिले खिच्नुहोला भनेर सोच्ने गर्दछ ।

म पनि पालो कुरेर फोटो खिचे । त्यसपछि हामीलाई स्वागत गर्न एउटा टेन्टको व्यवस्था भएको रहेछ । त्यहाँ टेन्टमा माननीय मन्त्री अमनलाल मोदीज्यू, मुख्य सचिव शङ्कर दास वैरागी ज्यू, श्रीमान् सचिव कृष्णहरि पुष्करज्यू, लगायत मैलै चिनेको लोक सेवा आयोगमै हाम्रो अभिभावकको भूमिका निर्वाह गरिसक्नुभएको श्रीमान् सचिवज्यू विष्णु लम्साल सर हुनुहुन्थ्यो । यसरी स्वागत कार्यक्रममा आ-आफ्नो मनतब्य दिएर कार्यक्रम समापन गरियो । हामीलाई सो कार्यक्रममा देशको सेवा प्रवाह सम्बन्धी अवगत गराइयो ।

म र मेरो अत्यन्तै मिल्ने साथी ईश्वरी अर्याल जसले मलाइ हमेसा पढ्न उत्प्रेरित गर्ने साथी सँगै सिफारिस भएर गा थियौ हामी स्टाफ कलेजमा तर त्यो दिन वहाँसँग कार्यक्रमको समापन भएपश्चात् मात्रै भेट हुनुभयो  । त्याहा विभिन्न ग्रुपहरू छुटाइएको थियो । मलाइ स्टाफ कलेजले एक दशकदेखिको जागिरे यात्रामा सँगै आएको साथीभाइ अर्को ग्रुपमा राखेर छुटाइदिने भयो । त्याहा फेरी मलाइ प्लस टु बाट काठमाडौँ ब्याचलर पढ्न आएको जस्तै भयो । कलेज पढ्न आउँदा सबै छुटेर नयाँ साथी बनाउनु पर्ने पिर फेरी एक पटक आयो तर खुसीको कुरा के भयो भने हामीलाई समूह विभाजन गरेपछि छुटे पनि हाम्रो रेसिडेन्सीयल चाही सँगै हुने भयो ।

पहिलो सेसनको लागि भोली बाट आउन हाम्रो  बाग्मती ग्रुपको संयोजक श्री शिवहरि अधिकारी सरले साथीहरू नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान को टायम इज टायम हुन्छ एक मिनेट ढिलो भयो भने हाजिर छुट्छ र यो तालिमबाट प्रमाणपत्र पाउनबाट वञ्चित हुनुहुनेछ । तपाईँहरू समयमै आइदिनुहोला भन्नुभयो । हामीलाई त्यो दिन ५/५ जनाको  विभिन्न सब ग्रुप गरी विभाजन गरियो जम्मा हामी छब्बिस जना थियौ र हामीलाई हाम्रो मूल्यमान्यता बनाउन लगाउनु भयो । हामी सबै मिलेर टेबल टेबल बाट आ-आफ्ना धारण दिँदै गयौ त्यहाँ बाट सबै टेबलको बाट विचार आए पछि समग्र बाग्मती ग्रुपका बाट पाँच वटा मूल्यमान्यता बनाइयो र यसैगरी हाम्रो 238 जनालाई 9 वटा समूहमा विभाजन गरिएको थियो र 9 वटा समूहबाटै 2/2 जना प्रतिनिधि गई समग्रमा छलफल गरी हाम्रो ब्याट ३६ को मूल्यमान्यता बनाइयो र यो मूल्यमान्यता हाम्रो ब्याट ३६ को लागि मार्गनिर्दशिका भएको छ । यसै गरी हाम्रो विभिन्न कक्षाहरू ८ मोडलमा भएर अध्यापन गराइयो ।

हाम्रो रेसिडेन्सीयलको दिनको सुरुवात को समय नजिकिँदै गयो मलाइ फेरी तनाव हुन थाल्यो । रेसिडेन्सीयल बसेका साथीहरू खुब रमाइलो गर्ने भनेर कुरा गर्थे तर मलाइ रमाइलो नभएको त होइन तर म सँग मेरो सानो करिब 14/15 महिनाको बच्चाको समेत चिन्ता लाग्थ्यो । एक मनले  म रेसीडेन्सीयल बस्दिन मेरो बच्चा सानो छ लाग्थ्यो अर्को मनले मानिसलाई जीवनमा चुनौती त आउँछ नै  तर ती चुनौती लिएर अगाडी बढ्न सिक्नुपर्छ चुनौती देखी भागेर /डराएर हुँदैन आखिर मलाइ यो सामना त गर्नै पर्छ यो समय गएपछि त्यहाँ सिकाएका विभिन्न पलहरू यादहरू सबै छुटेर जान्छ ।त्यसैले मेरो समस्या त्यहाँका प्रोग्राम कोर्डिनेटर सर श्री त्रिलोचन पौड्याल सरलाई मेरो समस्याका विषयमा भने वहाँले मलाइ सल्लाह दिनुभयो बच्चा ल्याएर आउनुस् तर बाबु हेर्ने मान्छे आफै ल्याउनु पर्छ त्यो विकल्प मेरो लागि उपयुक्त भएन फेरी अर्को विकल्प मैले भने म यहाँका समयमा आउँछु तर मलाइ राती बाबु भएको ठाउँमा जान्छु भनेर अनि निवेदन लेख्न लाउनुभयो । यसरी चैतको 23 गते बाट होस्टेलको बसाइ सुरु भयो । मेरो होस्टेल वृहस्पति सदनको दोस्रो तल्लाको एउटा रुम जुन प्रेरणा क्यापछाकि मगरको बायाँमा र प्रतीक्षा रेग्मी भट्टराइको दायाँमा थियो ।

म बिहानै साढे पाँच बजे उठेर हातमुख समेत नधोई सिधै होस्टेलमै आएर अरू प्रशिक्षार्थी जसरी होस्टेल बस्दा गर्थे त्यसरी नै म पनि त्यही आएर  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान लेखेको भेस्ट पाइन्ट टोपी लगाएर तयारी भएर रोल कलको लागि ६ बजे बाग्मती ग्रुपको लाइनमा आउने  र यहाँका क्रियाकलापमा सरिक हुन्थे। राती साढे ६ बजेको रोल कल सकेपछि जाने भनेर निवेदनमा गरे र म त्यही अनुसार करिब ३३ दिनको मेरो दिन बिताए यो जत्तिको चुनौती केही थिएन । प्रत्येक दिन राती घर गएपछि बिहान छिट्टै पुग्नु छ भन्ने लाग्थ्यो र यसै क्रममा पानी परेको दिन स्कुटर चिप्लेर कति दिन लडे पनि लुगा भरी हिलो लागे पनि त्यही हिलोमय भएकै लुगामा रोलकलमा सामिल हुनकै लागि पुगिन्थ्यो ।बिहानको सामिली मा उपस्थित हुनकै लागि लाइनमा बसेर एक /दुई भन्नका लागि भए पनि कुददै आउँथे ।साथीहरू रातीको रोल कल सकेपछि खाना खाएर नाच्ने गाउने कोही मादल बजाउने कोही दोहोरीका टुक्काहरू भन्ने जस्ता क्रियाकलाप गरेको भिडियो फेसबुकका भित्तामा देख्दा मलाइ यो समय मेरो जिन्दगीमा छुटेको महसुस हुन्थ्यो तर मनलाई चित्त बुझाउँथे मेरो सानो बच्चालाई समय दिनु पनि त मेरो जिम्मेवारी नै त हो भनेर ।

यसरी होस्टेलकै अवधिमा साथीहरू सँग देश दर्शन कार्यक्रमको लागि एक हप्ता सुनसरी सप्तरी जिल्ला पुगेर त्यहाँका ऐतिहासिक आर्थिक सामाजिक तथा सेवा प्रवाह सम्बन्धी अध्ययन गर्ने अवसर मिल्को थियो तर आमाको मन फेरी रुने भयो विचारा आमा अधिकृत भएपछि छोरोलाई आमाको मायाबाट समय समयमा वञ्चित हुनुपरेको भएर ।घरबाट मेरो ममी बोलाएर राख्न त राखेर म देश दर्शन गर्न गए। फोन गर्दा यता ममी बाबु रुने उता मेरो मन रुने तर आवाज निकालेर रुन पनि नसक्ने साथीहरू सँगै हुन्थे ।बडो गजबको चिज हुँदो रहेछ आमा ।

यसरी देश दर्शनबाट फर्किदा होस्टेलमा सामान राख्ने बित्तिकै कुदे घरतिर । साथीहरू भन्थे एक रात त यहाँ बस रमाइलो गर्नुपर्छ तर बस्छु जहिले भन्थे तर राती हुनै लाग्दा अधिकृत बाट आमा बन्न मन लागेर आउँथ्यो र म फेरी आफ्नै घरको बाटो तीर लाग्थे । म जस्तै धेरै म्यामहरू हुनुहुन्थ्यो तर दोस्रो आवासीयमा प्रतीक्षा रेग्मी भट्टराई, सिर्जना रेग्मी, जानकी न्यौपाने तर वहाँहरू आफ्नो बच्चालाई घरमा कसैको आमाको भरमा कसैका नन्दले बच्चा हेर्न बसेको भएर वहाँहरूलाई सजिलो भा थियो ।तै पनि बच्चाको बारेमा कुरा गर्दा सबै आमा त हुन नि मन सबैका रोएर आउँथ्यो ।

यसरी नै हामीलाई चितवन कुरिनटारमा एपीएफको डिजास्टर म्यानेजमेन्ट ट्रेनिङ स्कुलमा लगियो र त्यहाँ एक दिनको लागि गयौ । त्याहा कसरी विपद् पर्दा एपीएफ ले कसरी काम गर्दो रहेछ कसरी सेवा प्रवाह गर्दो रहेछ भनेर हामीलाई प्रत्यक्ष नाटकीय कार्यक्रम देखाएर त्यस सम्बन्धी जानकारी दिनुभयो ।वहाँहरूको काम गराइ देखेर मेरो मुटु नै काम्न थाल्यो र म रुन थाले । वहाँहरूको लाइफ हाम्रो तुलनामा धेरै नै चुनौतीपूर्ण रहेछ लाग्यो । त्यहाँ हामीलाई  त्रिशूली नदीमा र्याफ्टिङको अवसर समेत दिइयो।म एकदम डराएको थिए । हामीलाई पिटी गराउने गुरु बा र गुरु आमा पुलिस कै हुने भएर म लगायत बाग्मती समूहका अञ्जली लिम्बु, विमला गौतम, लक्ष्मी विष्ट, जानकी न्यौपाने, मुकेश पाठक समेत गुरु आमा र गुरु बा भएको बोटमा पहिला नै गएर बस्यौ । यसरी नै त्रिशूली नदीको बारेमा पहिल्यै घरबाट आउँदा जाँदा धेरै पटक देखे तर त्रिशूलीमै र्याफ्टिङ गर्न पाउँदा धेरै नै खुसी भए । 

यसरी र्याफ्टिङ गर्दै जाँदा सर्वप्रथम विमला गौतम त्रिशूलीमा हाम फालिन म डराए एक छिन कसरी फालिन भनेर सोच्दै थिए म जान सक्छु कि तर एक मनले पानीमा डुबाउनबाट जोगाउने ज्याकेट लाएको थिए यसले त बचाउँछ डुब्न दिँदैन भनेर तर अर्को मनले भो पौडी खेल्न जान्दिन तर डुबे भने पनि त गुरु बा र गुरु आमा हुनुहुन्छ त भन्दै थिए तै पनि मनले मानेन भो न जाने भनेर सोच्दै थिए यतिकैमा लक्ष्मी विष्ट र जानकी न्यौपाने पनि हाम फालिन ।

ला फालिन भन्दै एक मिनेट नहुँदै प्रियङ्का तिमी पनि आउँ भन्दै विमला ले बोलाइन र म पनि पानीमा गए तर एक छिन मन आतेर श्वास फेर्न गाह्रो भयो तर पनि मैले भनिन कसैलाइ तर विमलाले मलाइ हेर्दै थिइन उत्तानो पारेर सुत भनिन र म त्यसै गरेर बोट तिर हेर्छु त गुरु बा गुरु आमा सबै पानीमा जानु भा रहिछ ला  एक छिन मलाइ रमाउन त कहाँ हो कहाँ कसरी निस्किने यहाँबाट भन्ने तनाव भयो र म बोटको नजिक गए त्यसमा अञ्जली म्याम र म जस्तै पानीबाट डराउने मुकेश पाठक सर हुनुहुन्थ्यो वहाँलाई भने मलाइ निकाल्नु भनेर तर वहाँ आफै जति भन्दा पनि पानी मा नजाने तर मलाइ बल लगाएर म्याम र सर मिलेर तान्नुभयो र बोटमा चढे र सोचे थाङ्क गड बाचेर आएछु ।

त्यत्तिखेर सम्म पनि बाग्मती ग्रुपका लगायत कर्णाली र जानकी समूहका साथीहरू पनि लगभग सबै पानीमा पौडिँदै थिए रमाइलो गर्दै थिए, एकले अर्कालाई पानी छाप्ने भिजाउने जस्तै क्रियाकलाप गर्दै थिए त्यत्तिकैमा  मलाइ बेकारमा यति छिट्टै बोटमा आएछु जस्तो लाग्यो र साथीहरूलाई देखेर म फेरी गए । यतिकै हुँदा हुँदै र्याफ्टिङ समय समाप्त भएछ र गाडी भएको ठाउँमा गएर खाजा खाएर गाडी चढ्यौ । रमाइलो त भयो तर मनमा फेरी फर्किनै लाग्दा ६ उतै बजेको भएर म आज समयमा घर पुग्न सक्दिन जस्तो लाग्यो र फेरी बच्चाको याद आउन थाल्यो र मलाइ त्यो रात होस्टेलमै बस्न पर्‍यो ।भोली पल्ट साँझ घर जाँदा बाबुलाई ज्वरो आएको रहेछ । तै पनि फेरी अरुदिन जस्तै म बाबुलाई छोडेर नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा फर्के । यसरी नै हामीलाई  होस्टेल बस्दाको प्रत्येक शनिवार केही न केही अतिरिक्त क्रियाकलापमा सरिक गराउनुहुन्थ्यो ।

एउटा शनिवार हाइकिङको लागि भक्तपुरको रानी कोट भन्ने ठाउँमा गयौ ।शनिवार बिहानै लाइनमा सामिल भएर खाजा र पानी  बोक्यौ र फेरी तीन वटै ग्रुपका साथीसँग हाइकिङका लागि आ-आफ्ना ग्रुपका लागि छुट्टै गाडीको व्यवस्था भएको थियो  र खाजा लिएर गाडीमा गयौँ हामी सँग त्रिलोचन सर लगायत हाम्रो टोली एउटा गाडीमा बस्यौ ।सुरुमा पाइलट बाबाको आश्रमबाट सुरु गरेको यात्रा  रानी कोटको डाँडामा गएर नाच्ने गाउने रमाइलो र अविस्मरणीय नै भयो ।

यात्राको सुरुवात,

‘यो नेपाली सर उचाली संसारमा लम्किन्छ

जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ’ 

गीतको लयमा जानकी समूहको किरण सरको त्यो स्पिकरको पछाडि लागेर केही समय क्या छिटो हिँडेको थियौ तर केही समयमै थकित भएर साथीहरू कोही अगाडी पछाडि हिँड्न थाले तर पुग्न रानी कोटको हाइटमा छोडिएन । ईश्वरी अर्याल जानकी न्यौपाने र म सबै माथि पुगे पनि बिस्तारै आफ्नै तालमा गयौ । आधा बाटो नपुग्दै म ईश्वरी र जानकी आ-आफ्नो खाजा र पानी बाटैमा सकायौ । ईश्वरीको खुट्टाको अपरेसन गरेको हुँदा वहाँ माथि सम्म जानुभएन म र जानकी  बिस्तारै माथि लाग्दा हामी जस्तै थाकेर बस्नुभएको जानकी ग्रुपका टी.पी दाजु र अशोक सर चकलेट खादै बस्नुभाथियो र वहाँले चकलेट दिनुभयो र हामी खादै चारै जना ग्रुपको अन्तिममा त्यहाँ पुग्यौ । उकालो चढ्न गाह्रो रहेछ भन्दै उकालेको हामी तर झर्न त झन् कठिन रहेछ । त्यहाँ सल्लाका पातहरू झरेको हुँदा झर्ने बेला पातमा चिप्लेर लड्ने तथा बाटो पनि गएको भन्दा अप्ठेरा रहेछ । म उकालो जिन्दगी नचढेको मान्छे भएर होला झर्ने तरीका थाहै थिएन ।मलाइ उपेन्द्र पुन सरले सहयोग गर्नुभयो र म हाइकिङ सफलता पूर्वक सफल गरेर आए । यसरी खाजा खाने समय रहेछ हामीलाई थाहा नभएको हुँदा हामी बिचबाटै खायौ साथीहरू खाने बेला मैले साथीहरूको खाजाबाट फेरी खाए । यसरी नै त्यो दिन पनि बिते ।

रमाइला गर्दै जाँदा साचीकै हामी  सुरुमा भेटेको साथीहरू लाई तपाई भनेर सम्बोधन गर्ने शब्द कतिखेर तिमीमा परिवर्तन भएछ थाहै भएन । साथीहरू पनि ती स्कुल पढदाखेरीको/ बालपनमा रमाएका साथी जस्तै  भएछ । अहिले आएर आ-आफ्नो कार्यक्षेत्रमा आइसक्दा के छुटे जस्तो हुँदो रहेछ । ती साथी सँग बोल्नलाई मनले पनि खोज्दो रहेछ ।

नेपाल प्रशिक्षण प्रतिष्ठानका माइत झैँ लाग्दो रहेछ ।ती माइती घरमा उफ्रेका पलहरू, ती गाडेनमा सजिएका राता गुलाफका फुलहरू, ती ठुला चौरमा खाजाको लाइनमा उभिएर खाजा लिई चौरमा बसेर हाहा र हीही गर्दै कुरा गरेका ती पलहरू कसरी बिर्सिन सकिन्छ र ? त्यहाँका आदरणीय गुरुहरू हेर्दा आफ्नै घरका आफ्नै परिवारका सदस्य आएझैँ हुँदो रहेछ । जावलाखेल पुग्दा मेरो माइत जान मनलाग्दो रहेछ । यसरी बालापनमा गरेका प्रत्येक क्रियाकलाप यहाँ आएर फेरी गर्न पाए ।

ती गायन, बाजन तथा नृत्य गर्न पाए जुन मैले बालपनमा पनि गर्न पाइन मलाइ मेरो सामाजिक परिवेशले पनि त्यत्तिखेर नाच्न दिएन । त्यत्तिखेर मेरो समाजले नाच्नमा केटाको रोलमा पनि केटी लाई केटा बनाएर नाच्ने गर्थे । मेरो समाजले त्यत्तिखेर नाच्नेलाई नराम्रो मान्थे ती अवसरबाट म वञ्चित भएको थिए । मैले त्यो अवसर पनि पाए मेरो हालको माइतीघरमा । त्यत्तिखेरको चकचके बानी, साथीसँग मेरो चित्त नबुझिँदा रिसाउने बानी ती को हुन र मेरो रिसाउने बानीलाई सहनै पर्ने थियो र त्यति सम्मका सबै सहेर एक आपसमा सहयोगको भावनामा अगाडी बढ्ने साथी पाए मैलै, ती स्कुलका साथी झैँ सधैँभरी अविस्मरणीय रहनेछन्। के हाम्रा लागि यस्ता पल फेरी आउलान् र !