२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री जम्कट्टेल र मन्त्रीहरूबीच कार्ययोजना सम्पादन करार सम्झौता

अ+ अ-

हेटौँडा ।  बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रीहरूलाई करार सम्झौता गराएका हुन्।  मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका मन्त्रीहरूलाई सम्झौतापत्र टेबलमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए।

उनले उपलब्ध जनशक्तिबाट स्तरीय सेवा प्रवाह गर्न पनि सुझाए। उनले भने, ‘अब मन्त्रालयको सेवा सबै जिल्लामा विस्तार गरिनेछ, तब जनतालाई घरघरमा सिंहदरवार भएको महसुस हुनेछ ।’

उनले पुस महिनाभित्र हेटौँडा-काठमाडौँ जोड्ने सडकखण्ड भैँसे-भीमफेदी र फाखेल-हुमानेलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए।

यसका साथै उनले सबै मन्त्रालयका सचिवहरूलाई पनि करार सम्झौताअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिए। कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री गङ्गानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, स्वास्थ्यमन्त्री, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्यमन्त्री उत्तम जोशीसँग मुख्यमन्त्री जम्कट्टेलले सम्झौता गरेका थिए। अनुपस्थित मन्त्रीहरूलाई पछि सम्झौता गराइने बताइएको छ ।