२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रू पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रू एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो । उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ शेयर कारोबार भएको थियो ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो ।

साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो । यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो । यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो । बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ ।