१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाबीच साझेदारीका लागि हस्ताक्षर

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा निगम र नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो ।

साझेदारी पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

साझेदारी पत्रमा हस्ताक्षरपश्चात् कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको बताए ।

उनले देशमा धेरै पढेर डा. लेख्नेहरूले डेबिट र क्रेडिटको मात्रै हिसाब गर्ने तर राष्ट्रिय स्वाधीनता, स्वाभिमान मूल्य डेबिट र क्रेडिट मात्रै नहुने बताए ।

उनले नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुर्‍याउने समेत बताए । उनले नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरूले भन्ने गरेको गुनासो गरे । उनले सरकारमा बसेका जिम्मेवार व्यक्तिले निगमलाई के दिए भन्ने हेर्नुपर्ने बेला आएको बताए । निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार नहुने भन्दै उनले आफू निगममा अध्यक्ष भएर आएपछि भ्रष्टाचार नगरेको दाबी गरे ।

कार्यक्रममा उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरूको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए । उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुःखद् भएको बताए ।

प्रतिक्रिया दिनुहोस