२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा ९७ लाख बालबालिका विस्थापित : यूनिसेफ

अ+ अ-

मनिला, फिलिपिन्स । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा ९७ लाख बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ)ले शुक्रबार जानकारी गराएको छ ।

नयाँ प्रतिवेदनमा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२१ को बीचमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण घरबाट विस्थापित बालबालिकाको सङ्ख्याको पहिलो विश्वव्यापी विश्लेषण ‘चिल्ड्रेन डिसप्लेस्ड इन अ चेन्जिङ क्लाइमेट’ प्रतिवेदन हो ।

अध्ययनले ४४ देशका चार करोड ३१ लाख बालबालिका छ वर्षमा अर्थात् दैनिक करिब २० हजार बालबालिका विस्थापित हुने गरेको देखाएको छ । जोखिमको सन्दर्भमा, फिलिपिन्स आँधीबेहरीको लागि पहिलो स्थानमा छ र विस्थापित बच्चाहरूको पूर्ण सङ्ख्यामा बाढीको लागि तेस्रो स्थानमा छ । द्वीपसमूहले बनेको यस राष्ट्रमा वर्षेनी औसत २० वटा आँधीबेहरी आउने गरेका छन् ।

उनले भने, ‘विपद्का बेला विस्थापित हुँदा सबैभन्दा बढी पीडा भोग्नेमा बालबालिका पनि पर्छन् ।’

फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले विस्थापित बालबालिकाको जीवन जोखिमबारे भने, ‘उनीहरू तनावको अनुभव गर्छन्, विद्यालय जाने दिन गुमाउँछन्, बिरामी पर्छन् र शोषण र दुर्व्यवहारको सिकार हुन्छन् ।’

उनले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

फिलिपिन्समा आगामी ३० वर्षमा आँधीबेहरीका कारण थप करिब २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ । यो जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ । यसले घना जनसङ्ख्या भएका सहरहरू जस्तै मेट्रो मनिला,सेबु प्रान्त (मध्य फिलिपिन्स) र दक्षिणी फिलिपिन्सको दाभाओलाई पनि असर गर्न सक्छ