२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा सरकार गठनमा सहयोग गर्न लिङदेनलाई ‘प्रचण्ड’को प्रस्ताव, देउवालाई भेट्ने तयारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग अध्यक्ष लिङदेनले भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायतको विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन ।’

उनले प्रधानमन्त्रीसँग फेरि भेट्ने सहमति भएको समेत बताए ।

उनले भने, ‘कोशीमा सरकार गठनको लागि हामी नै निर्णायक हौँ । त्यसैले अहिले त्यसबारेमा संवाद सुरु भएको छ । कुनै सहमतिमा पुगेका छैनौँ ।’

त्यसो त कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङदेनसँग भेट्ने तयारी गरेका छन् । आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

कोशीमा सरकार गठनको लागि अहिले गठबन्धन दल राप्रपाको साथ खोजेको छ । कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन् ।