२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवापुस्तालाई नैतिक शिक्षा पढाउन जरुरी’

अ+ अ-

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छन् ।

दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताएकी हुन् ।

कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् । घोराहीमा विगत केही वर्षदेखि सञ्चालनमा आएको दिवा सेवा केन्द्र अत्यन्त उपयुक्त रहेको भन्दै यसलाई देशका अन्य सहरी क्षेत्रहरूमा विस्तार गर्न आवश्यक रहेको बताइन् । 

ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भएपनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्ध आश्रममा लगेर छोडेका घटना आउने गरेको भन्दै त्यस्ता घटनालाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पुर्‍याउने बताइन् । यसका लागि आधारभूत सेवासहितका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री शर्माले आगामी बजेटमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्राथमिकतामा राख्ने बताएकी हुन् । उनले अव बन्ने दिवा सेवा केन्द्रलाई भेटघाट गर्ने थलोसँगै ज्येष्ठ नागरिकको शारीरिक र मानसिक उपचार गर्ने स्थलका रूपमा विकास गरिनुपर्ने बताएकी थिइन् ।

मन्त्री शर्माले सरकार ज्येष्ठ नागरिकको अधिकार रक्षा र सुविधा दिन प्रतिबद्ध रहेको बताइन्। पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले दिवा सेवा केन्द्रको पूर्वाधार विकासमा ध्यान दिन र आवश्यक बजेट व्यवस्था गर्न माग गरेका थिए ।