२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकको ओरालो यात्रा जारी

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलव ७० मा सीमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलव ७६ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर रु. ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु. १० करोड १० लाख बराबरको कारोबार भयो ।

यस्तै, प्राइम बैंक रु. छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स रु. चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटेल रु. दुई करोड ७९ लाख ८१ हजार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु. दुई करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलव शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलव ९६, सोल्टी होटेल चार दशमलव ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलव ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९१, सामलिङ पावर चार दशमलव ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।