२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ : पहाडी भोटमा सबैको नजर

अ+ अ-

वीरगन्ज । मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ। समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा । पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिन थालेका छन् । समुदायको भोट एकलौटी पार्न सके निर्णायक हुने ठानेर उम्मेदवारहरू मतदाता प्रभावित पार्न लागिपरेका छन् ।

वीरगन्ज महानगरपालिकामा सीमित क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता छन्, जुन मुस्लिमपछिको सबैभन्दा ठूलो समूह हो । यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा छ । कांग्रेसका अनिलकुमार रुँगटा, संघीय समाजवादी फोरमका प्रदीप यादव र वाम गठबन्धनका विचारी यादवबीच त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान छ ।

यो क्षेत्रमा फोरम उम्मेदवारका प्रदीपले पहाडी मूलका मतदाताको भोट तान्ने सम्भावना कमै छ । त्यसैले कांग्रेस र एमाले उम्मेदवार पहाडी मूलका मतदाता तान्ने प्रयत्नमा छन् । निवर्तमान सांसद विचारी यादवले दोस्रो संविधानसभा चुनाव जित्दा सहरिया भोटबाटै अग्रता लिएका थिए–पहाडी समुदायको उल्लेख्य भोटकै कारण ।

पाँच महिनाअघिको स्थानीय चुनावमा चाहिँ पहाडी मतदाताको भोट राजपा उम्मेदवार राजेशमान सिंहलाई एकलौटी गएको थियो । छुट्टाछुट्टै मोर्चाको झन्डामा मधेस आन्दोलनमा सक्रिय प्रदीप र राजेशमानबीच कटुता छ । त्यसैले राजपा र फोरमबीच गठबन्धन भए पनि राजेशमानको समर्थन प्रदीपले पाउने सम्भावना देखिँदैन । उनले कांग्रेस उम्मेदवार रुंगटालाई सघाइरहेको अनुमान यहाँ गरिँदै छ ।

चुनाव आउन एक साताभन्दा पनि कम बाँकी छँदा पहाडी मूलका मतदाता कांग्रेस र एमालेमा विभाजित छन् तर चुनावको अघिल्लो दिनसम्म प्रतिस्पर्धामा विचारी यादव पछाडि परेको सन्देश मतदातामा गयो भने यो भोट कांग्रेसको पक्षमा एकलौटी पर्न सक्छ । यसैले कांग्रेस विचारी यादव कमजोर भइसकेको सन्देश दिन प्रयत्नशील छ। अर्कोतिर विचारी यादव पनि पहाडी मूलका मतदाताको भोट आफ्नो पक्षमा पार्न सके जित्न सकिने आसमा छन् ।

वीरगन्जमा पहाडी समुदाय अल्पसंख्यक हुन् तैपनि पहिलो मधेस आन्दोलनअघिसम्म यो समुदायले सहरमा आफूलाई असुरक्षित ठान्नुपरेको थिएन । पहाडी समुदायमा सबैभन्दा बढी नेवार छन्, जुन वीरगन्जको स्थापनाकालदेखिका पुराना बासिन्दा हुन् । ०६४ को मधेस आन्दोलनपछि पहाडी समुदायले आफूलाई असुरक्षित ठान्न थाल्यो। कतिपय त बसाइँ हिँडिसके। त्यसैले त्यहाँको पहाडी समुदायले आफूलाई संरक्षण दिन सक्ने, समुदायप्रति नरम उम्मेदवार खोज्न थालेको छ ।

यसपालि प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार गैरपहाडी मूलका छन्। ‘पहाडी समुदायले आफूमैत्री उम्मेदवारलाई रोज्ने देख्छु’, विश्लेषक विनोद गुप्ताले भने, ‘त्यसैले उम्मेदवारहरूले यो समुदायलाई रिझाउन प्रयास गरिरहेका छन् ।’ मानवशास्त्री सुरेश ढकालका अनुसार विचारमा आधारित राजनीति कमजोर हुँदा समुदाय, जात, धर्म आदिका आधारमा भोट दिने चलन हाबी हुने गर्छ। ‘अल्पसंख्यक, कमजोर, असुरक्षित महसुस गर्ने समूहले प्रतिरोध गर्ने तरिका भनेको आपसमा सल्लाह गरी आफूमैत्री उम्मेदवारलाई भोट हाल्ने हो, जुन विश्वव्यापी प्रवृत्ति हो। असुरक्षित महसुस गरेपछि थातथलोबाट भाग्ने वा यसरी प्रतिरोध गर्ने तरिका अवलम्बन गरिन्छ’, ढकाल भन्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments