२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई गगनको सुझाव: ‘महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका साथ प्रस्तुत हुनुस्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औँ श्रृङ्खला “हिमचुलीको हलचल: भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । 

उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताए । उनले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरू राख्न सुझाव दिए। सिंगो देशको प्रतिनिधित्व हुने गरी सबै नेपालीका भावनाको प्रतिनिधित्व गर्न सुझाव दिए । 

जलवायु परिवर्तनको असरका क्षेत्रमा अध्ययन गर्नेहरू धेरै रहेकाले उनीहरूको सुझाव लिएर प्रमाणसहित महासभामा प्रस्तुत हुन उनले आग्रह गरे । महासभामा नेपालले केका लागि आवाज उठाउने र केका लागि लड्ने भन्ने विषय स्पष्ट राख्नुपर्ने उनको सुझाव छ । 

सभापति थापाले भने, ‘हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई के भनिरहेका छौँ । तपाईँ हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ । यो भन्दा अगाडिका सरकारको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ । यो भन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ । सिंगो देशलाई प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ । यो बेलामा हाम्रो विश्वास छ, प्रधानमन्त्रीले हामी सबैको कुरा सुनिरहनुभएको छ । हाम्रो सुझाव पनि छ, यो क्षेत्रमा यति धेरै नेपाली साथीहरूले यसमा अध्ययन गर्नुभएको छ, काम गर्नुभएको छ । नेपालभित्रै हुनुहुन्छ । अध्येता, अध्यापन गराइरहनुभएको छ । हाम्रो सोर्स हो । महासभामा हामीले हाम्रो आफ्नो लागि लड्ने के हो ? विपद्को प्रभाव जुन ठाउँमा परेको छ, त्यस ठाउँमा तुरुन्तै बस्तीहरू बसाउने की नबसाउने ? भन्ने विषयदेखि लिएर हाम्रो संस्थालाई कसरी बलियो बनाउने भन्ने छ । जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राख्नुपर्छ । अनुमानका आधारमा नभई प्रमाणका आधारमा राख्नुपर्छ ।’

सभापति थापाले नेपालले हरेक क्षेत्रमा जलवायुका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै अनुमानका आधारमा नभई प्रमाणका आधारमा प्रस्तुत हुन सुझाव दिए।

0 Comments