२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोमा पुरिएर एकको मृत्यु

अ+ अ-

मान्म । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको छ ।

करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो ।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका-८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए । सडक फराकिलो गरिरहेकाबेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ थियो ।

“माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी र सङ्केत नै भएन । एक्कासी चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन”, थापाले भने, “चालकको घटनास्थलमा मृत्यु भएको छ ।” पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए ।

“हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन”, थापाले भने, “बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।” पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।