२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोप-२८ सम्मेलनमा मौसम परिवर्तनको आन्दोलनको नेता भएर जान्छौ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युएईमा हुन लागेको जलवायु सम्बन्धी सम्मेलन (कोप-२८) मा नेपाल मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाने बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी भएको जिकिर गरे ।

जलवायु परिवर्तनले नेपालमा परेको असरबारे विश्व समुदायलाई जबरजस्त अपिल गरेको र त्यसको आधारमा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालको भ्रमण गरेको चर्चा गरे । ‘राष्ट्र सङ्घका महासचिवको भ्रमण मेरै निम्तोमा भयो । उनले के बोल्नुभएको छ तपाई हामी सबैले सुनेका छौँ ।’

उनले कोप-२८ मा नेपाल माग्ने भिखारी नभएर जलवायु परिवर्तनको आन्दोलन गर्ने नेताको रूपमा त्यहाँ जाने र हक अधिकारका लागि सङ्घर्ष गर्ने बताए ।

‘अब छिट्टै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुँदैछ । त्यहाँ हामी अहिले माग्ने भिखारीजस्तो भएर जाँदै छैनौँ, मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाँदैछ नेपाल । र त्यहाँ हामीले आफ्नो हक अधिकार स्थापित गर्न सङ्घर्ष गर्दैछौं ।’

जलवायु परिवर्तनको असरबारे विश्वका विभिन्न फोरममा गएर आवाज उठाउने, मिटरब्याज पीडितका लागि कानुन निर्माण, नागरिकताविहीन नेपालीको मागको सम्बोधन जस्ता विविध राम्रा काम आफ्नो पालामा गरेको जिकिर गरेका उनले सबै बुर्जुवाले स्वीकार्न नचाहेको गुनासो गर्दै जनताको बीचमा त्यसलाई पुर्‍याउने दायित्व पार्टी र आफ्नो भएको उल्लेख गरे ।

उनले माओवादी विशेष रूपान्तरण अभियान निकै दूरगामी महत्वको राष्ट्र बचाउने समाजवादी आन्दोलन सृष्टि गर्ने प्रतिगमनकारी क्रान्तिका सबै दुष्साहसलाई परास्त गर्ने एउटा महान अभियानको सुरुवात भएको दाबी गरे ।