९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता बर्तौलालाई खुकुरी हान्ने तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ ।  माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

२२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् ।

माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो । प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि साङ्घातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी हानेका थिए ।

बर्तौलामाथि आक्रमण गरेपछि उनीहरु एउटा घरमा पुगेर कपडा फेरेर नयाँ बसपार्क पुगेका थिए, जहाँबाट झापा हुँदै हुँदै इलाम पुग्ने व्यवस्था टेकबहादुरले मिलाए । प्रहरीले घटनाको योजनाकार भने खुलाएको छैन । तर आक्रमणको योजना काठमाडौँको एक होटलमा बनाएको र यसबारे तीन जना नै जानकार रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका तीनै जना यसअघि पनि चोरी, डाँका, हातहतियार र ज्यानसम्बन्धी उद्योग जस्ता मुद्दामा सजाय काटेका व्यक्ति हुन् । प्रहरीका अनुसार जिल्ला अदालत, काठमाडौँले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस