२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने- पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे अर्को जुनी खेर जान्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। शुक्रबार काँग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने बताए।

‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईँहरूको चित्त दुखेको छ, म मान्दछु। चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु। यसलाई सम्बोधन गरेर जाने हो। तर यसको नाममा यदि हामीले पछाडि फर्कनुपर्छ वा अर्को विकल्प खोज्नुपर्छ भन्नेतिर लाग्यौँ भने फेरि अर्को जुनी खेर जान्छ।’

०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौंमा दीपावली भएको पनि थापाले उल्लेख गरेका थिए। ‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ, महाराज आए भन्दै दीपावली भएको थियो,’ उनले भने, ‘तर ०५९ मा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए। ३ वर्ष पनि थेगिएन तर नेपालको कति समय खेर गयो हेर्नुस् त!’

राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर गएको थापाले बताए। ‘मलाई केबल १५ वर्ष भए पुग्छ भनेर सपना देख्ने बिपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीँ जाँदैनथ्यो,’ थापाले भने, ‘बेलायतमा छ, नेपालमा पनि रहन्थ्यो। तर किन थुनेको बिपीलाई? किन नेपालको ३० वर्ष खेर फालेको? कसको कारणले यो अवस्था आएको?’