२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ मुख्य समस्या भनेको शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन, यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रूपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् ।’

उनले संसदको गरिमा कायम राख्दै संसदको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसदको सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताए ।

‘विश्वव्यापी रूपमै संसदको भूमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरूदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरू गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु ।’ उनले भने ।

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए ।