काठमाडौँ । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ।
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।
सम्बन्धित समाचार : आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
नयाँ कार्यकारी निर्देशक नियुक्त भएर आउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ । आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकार सहित शाहले निमित्तको जिम्मेवारी पाएका हुन्।







