२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासकीय अधिकृत सरुवामा अर्को लफडा, एउटाले ताला फोडेर हाजिर गर्दा अर्को अलपत्र

अ+ अ-

काठमाडौँ । दैलेखको नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव दिपक कुमार आचार्य हाजिर भएका छन् । उनी बिहीबार दिउँसो करिब तीन बजे पालिकामा हाजिर भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मसिंर अन्तिममा आचार्यलाई मालपोत कार्यालय रौतहटबाट नारायण नगरपालिकामा सरुवा गरेको थियो । 

उनको सरुवा भएको थाहा पाएपछि नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले गलत आचरण भएका आचार्यलाई हाजिर गराउन नसकिने बताएका थिए । शर्माले मन्त्रालयलाई पत्र लेख्दै आचार्यलाई अन्यत्र व्यवस्थापन गरी दिन अनुरोध गरेका थिए ।

‘प्रस्तुत विषयमा तहाँ मन्त्रालयको मिति २०८०/०८/२९ गतेको पत्र संख्या २०८०/०८१ च.न. १२३७ को पत्रानुसार यस नारायण नगरपालिकामा श्री दीपककुमार आचार्य (क.सं.नं. १५२१७४) प्रशासकीय अधिकृतको रूपमा खटाइएको जानकारी प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘मिति २०८०/०८/१२ गते तहां मन्त्रालयबाटै खटाइएका प्रमुख प्रशासकीय अधिकृत श्री बमबहादुर के.सी. (क.सं.नं. १६०५६७) ले प्रभावकारी रूपले कार्यसम्पादन गरिरहेको अवस्थामा कुनै सल्लाह नगरी विभिन्न स्थानीय तहमा विवादित भएका श्री दीपककुमार आचार्यको गलत आचरण बारे अवगत हुँदा हुँदै निजलाई हाजिर गराउन नसकिने हुँदा अन्यत्र व्यवस्थापन गरी दिन हुन अनुरोध छ ।’

नगरप्रमुखको उक्त पत्र र आफूमाथिको टिप्पणी बारे औपचारिक रूपमा जानकारी नभएको आचार्यले बताए । ‘मेयर सापसँग मेरो भेटघाट र गफगाफ भएको छैन । उहाँले मेरो बारेमा लेखेको पत्र बारे जानकारी छैन,’ उनले भने, ‘मेयरले त्यो कुरा लेख्नु भए होला जस्तो लाग्दैन । ध्यान पनि दिएको छैन ।’ आचार्यले हाजिर गरेपछि नगरपालिकाको कामकाज गरिरहेको जानकारी दिए । 

आचार्यको आगमनप्रति बेखबर जनप्रतिनिधि

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा दिपक कुमार आचार्य हाजिर हुँदै गर्दा जनप्रतिनिधिहरू भने बेखबर रहे । दिनभरि कार्यकक्षमै रहेकी कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समेत सम्हालेकी नगर उपप्रमुख तप्त कुमारी खड्का थापाले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको बारेमा अनभिज्ञता प्रकट गरिन् । 

‘म बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म मेरो कार्यकक्षमै छु,’ उनले भनिन्, ‘न हाकिम साबले म आएँ भन्नु भएको छ । न कुनै जानकारी मलाई छ । सामाजिक सञ्जालमा फोटो देखेर थाहा पाउँदै छु ।’ नगरप्रमुख शर्मा थापालाई कार्यवाहक दिएर सुर्खेत गएका छन् । 

आचार्यले जनप्रतिनिधिलाई थाहै नदिई हाजिर हुनुपर्ने आवश्यकता किन भयो उनको प्रश्न थियो ? मन्त्रालयले मनोमानी गरेको थापाको भनाइ छ । उनले भनिन्, ‘पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकै अवस्थामा अर्को प्रमुख प्रशासकीय अधिकृत खटाउँदा अन्योल भयो । कसलाई आधिकारिक मान्ने ।’

कोही कर्मचारी खुसी, कोही निराश

प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यलाई पालिकाका कर्मचारीले स्वागत गरेका छन् । नगरप्रमुख नभएको अवस्था र कावा रहेकी उपप्रमुखलाई जानकारी नदिई पालिकामा हाजिर भएका आचार्यलाई कर्मचारीले फूलमालाले स्वागत गरेका हुन् ।

जनप्रतिनिधि आचार्यको विपक्षमा देखिए पनि कर्मचारी भने पक्षमा देखिएका छन् । नगरपालिकाका सूचना अधिकारी निरक बहादुर रावलले भने, ‘उहाँले नगरप्रमुख समक्ष पेस गर्नु पर्दैन । आफैले तोक लगाउने हो, हाजिर गर्ने हो । नगरप्रमुखले तोक लगाएर हाजिर गर्ने होइन ।’ प्रमुख प्रशासकीय अधिकृत बाजा बजार नआउने एक कर्मचारी बताउँछन् । 

तर, उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका बम बहादुर के.सी. लाई यो घटनाले निराश बनाएको छ । 

मन्त्रालयले के.सी. लाई राष्ट्रिय भूमि आयोगबाट गत मंसिर १२ गते नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको थियो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको लागि उपसचिवको दरबन्दी भए पनि मन्त्रालयले शाखा अधिकृत के.सी. लाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ । मंसिर १५ मा हाजिर भएका के.सी. ले मंसिर १९ बाट नगरपालिकाको कामकाज सुरु गरेका थिए ।

नियमित कामकाज गरिरहेका के.सी.ले बुधबार निरज रावललाई निमित्तको जिम्मेवारी दिएर पारिवारिक कामको लागि घर गएका थिए । उनले आफ्नो कार्यकक्षको चाबी नेत्र बहादुर बस्नेतलाई दिएको बताए । स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फोडेर आचार्यलाई हाजिर गराइएको हो ।

एका एक आफ्नो जिम्मेवारी खोसिएको बारे के.सी. अनभिज्ञ छन् । उनले भने, ‘म पारिवारिक कामको लागि घर आएको छु । मेरो ठाउँमा को आएको छ ? मलाई थाहा छैन ।’ 

कर्मचारी प्रशासनमा लामो अनुभव भएकै कारण के.सी. लाई नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, सामान्य प्रशासन मन्त्रालयले अहिले उनलाई पेन्डुलम बनाई दिएको छ । ‘३२ वर्षको जागिरे अनुभवमा पहिलो पटक यस्तो घटना घट्यो,’ के.सी. भन्छन्, ‘मन्त्रालयले मलाई अलपत्र पार्‍यो ।’