१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानले नयाँ वर्ष नमनाउने

अ+ अ-

काठमाडौँ । पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमनाउने घोषणा गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्यालेस्टिनीहरुप्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन् ।

पाकिस्तानमा नयाँ वर्षको उत्सव यसअघि पनि ठूलो मात्रामा मनाइँदैन, इस्लामिक समूहहरूले सुरुदेखि नै यसको विरोध गर्दै आएका छन् ।

प्यालेस्टाइनको गम्भीर अवस्थालाई ध्यानमा राखेर र प्यालेस्टाइनीप्रति ऐक्यबद्धता जनाउन सरकारले नयाँ वर्षमा कुनै पनि प्रकारका कार्यक्रममा कडा प्रतिबन्ध लगाउने काकरले बताए ।  उनले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि इजरायली सेनाको आक्रमण र बम विष्फोटमा ९ हजार बालबालिकासहित २१ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताए । 

कक्कडले इजरायली सेनाले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध हिंसा र अत्याचारको सबै सीमा पार गरेको पनि बताए ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्रीले गाजा र वेस्ट बैंकमा निर्दोष बालबालिका र निहत्था प्यालेस्टाइनीको नरसंहारबाट पाकिस्तानसहित विश्वभरका मुस्लिमहरूले अपार पीडा महसुस गरिरहेको बताएका छन् ।

प्यालेस्टिनी नागरिकका लागि पाकिस्तानले दुई वटा सहायता प्याकेज पठाएको र तेस्रो प्याकेज पठाउने तयारी भइरहेको काकरको भनाई छ ।

उनले प्यालेस्टाइनलाई समयमै सहायता उपलब्ध गराउन र गाजामा रहेका घाइतेहरूलाई बाहिर निकाल्न पाकिस्तानले जोर्डन र इजिप्टसँग वार्ता गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस