२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीपोखरीमा महानगरको खेलाँची

अ+ अ-

काठमाडौँ । पुरातात्त्विक सम्पदा रानीपोखरी पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच नै विवाद देखिएको छ । महानगरपालिका आफैंले सुरु गरेको पुनर्निर्माण पुरातात्त्विक मापदण्डविपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि त्यसलाई रोक्ने विषयमा मंगलबार उनीहरूबीच विवाद देखिएको हो ।

उपमेयर हरिप्रभा खड्गीले पुनर्निर्माण रोक्न आदेश दिँदै लगाएको ताला तत्काल सुरक्षाकर्मीसहित पुगेका मेयर विद्यासुन्दर शाक्यले तोडेका हुन् । मेयर शाक्यले पुनर्निर्माण पुरातत्त्व विभागको स्वीकृतिमा सुरु गरेको दाबी गरे भने उपमेयर खड्गीले मापदण्डविपरीत निर्माण भएको बताएकी छन् ।

२०७२ वैशाख १२ को भुइँचालोले क्षति पुर्‍याएको रानीपोखरीलाई ०७३ को तिहारसम्म निर्माण सम्पन्न गर्ने गरी महानगरपालिकाले काम अघि बढाएको थियो । पुनर्निर्माणको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले ०७२ माघ २ गते गरेकी थिइन् । चुना, सुर्कीजस्ता परम्परागत निर्माण सामग्रीको सट्टा रड, सिमेन्ट प्रयोग हुन थालेपछि व्यापक विरोध भएको थियो । विरोधपछि पुरातत्त्व विभागले निर्माण रोकिदिएको थियो ।

पछि महानगरले आफूसँग परम्परागत ज्ञान भएको जनशक्ति नभएको भन्दै बनाउन नसक्ने बताएपछि पोखरीभित्रको मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागले नै लिएको थियो । पुरातत्त्वले कंक्रिट प्रयोग गरेर ठड्याइएको पिल्लर भत्काएर परम्परागत निर्माण सामग्री प्रयोग गरेर पिल्लर उठाएको थियो । मन्दिरमा काठको पिल्लर उठाइएको छ । पोखरी र वरिपरिको भागको निर्माणको जिम्माचाहिँ महानगरले नै लिएको थियो । पछि महानगरले पोखरीलाई सुन्दर पारेर पर्यटक आकर्षित गर्ने भन्दै निर्माण गर्ने क्रममा पुनः सिमेन्ट, रड प्रयोग गरेको हो । यसक्रममा पोखरी नै साँघुरिने गरी काम अगाडि बढाएको छ भने पोखरीको सीमाबाट झन्डै १० फिट छाडेर पर्खाल लगाउन थालेको छ । यसको अहिले निकै विरोध भएको छ ।

मंगलबार बिहान रानीपोखरी पुगेकी उपमेयर खड्गीले महानगरको भौतिक योजना तथा निर्माण विभागका कर्मचारीलाई मापदण्डविपरीत भएका पुनर्निर्माण तत्काल रोक्न आदेश दिएकी थिइन् । ‘यसरी बनाएको मलाई थाहै थिएन,’ उनले भनिन्, ‘हिजो विज्ञसँगको छलफल कार्यक्रममा सहभागी हुने क्रममा पो हाम्रो सम्पदा मासिन लागेको रहेछ भनेर थाहा पाएँ ।’ उनले बालगोपालेश्वर महादेव मन्दिर अवलोकन गरेर बाहिर निस्कने क्रममा स्थानीयवासी शैलेश शाक्यलगायतको अगुवाइमा गेटमा ताला लगाइएको थियो । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूले यस विषयमा मेयर शाक्यसँग छलफल गरिहाल्ने र रानीपोखरीलाई पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएकी थिइन् । मापदण्डविपरीतका पुनर्निर्माणलाई पुरातत्त्वले अनुमति दिएकै भए पनि सच्याउनुपर्ने उनले बताइन् ।

उपमेयर खड्गी त्यहाँबाट बाहिरिएको एक घण्टा नबित्दै मेयर शाक्य महानगरीय प्रहरी, नेपाल प्रहरीसहितको टोली लिएर रानीपोखरी पुगेका थिए । उनले स्थानीयवासीले लगाएको ताला फोर्न लगाएपछि पोखरी मिचिने गरी कंक्रिट मिसाएर लगाइँदै गरेको पर्खाल निरीक्षण गरेका थिए । उनले सबैसँग सल्लाह गरेर अघि बढ्ने बताए । ‘हामीले पुरातत्त्व विभागको स्वीकृति लिएरै काम गरेका हौं,’ शाक्यले भने, ‘पुरातत्त्वविद्, स्थानीयवासीलगायतले विरोध गरेका छन् । उपमेयर आएर काम रोक्नु भएछ । अब सल्लाह गरेरै अगाडि बढ्छौं । पुरातत्त्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग छलफल गरेर काम अघि बढाउँछौं ।’

पोखरी र वरिपरिको निर्माण अगाडि बढाउने क्रममा महानगरले त्यहाँका माछा बालाजु बाइसधारालगायत ठाउँमा सारेको थियो । ‘वरिपरि पर्खाल लगाउँदा पोखरी २० प्रतिशत छोटिने रहेछ,’ स्थानीयवासी शैलेश शाक्यले भने, ‘पुर्खाको नासो यसरी मास्न हामीले दिएनौं । पहिला पनि आवाज उठायौं । लगाएको कंक्रिट भत्काउन पुरातत्त्व विभाग बाध्य भयो । अब मिचिएको पोखरीमा कंक्रिट प्रयोग गरेर लगाएको पर्खाल पनि हामी भत्काउन बाध्य पार्छौं ।’

अहिलेको शैलीमा पुनर्निर्माण गर्दा रानीपोखरीको प्राचीनता, इतिहास, संस्कृति र सम्पदा नासिने भन्दै पुरातत्त्वविद्हरूले आपत्ति जनाउँदै आएका छन् । ‘सम्पदा पुनर्निर्माण भनेको विनाश होइन, प्राचीन सीप विनाश गर्नु हैन,’ पुरातत्त्वविद् सुदर्शनराज तिवारीले भने, ‘आधुनिक निर्माण सामग्री बलिया हुन्छन् भनेर भ्रम छरिएको छ । यसो गर्न दिनु हुँदैन ।’ रानीपोखरी परम्परागत रूपमै बचाउन सकिने उनले बताए । ‘यहाँ इनारबाटै पानी रिचार्ज गर्ने, पोखरी सफा गर्ने र पानी वितरण गर्ने प्रणालीसमेत थिए,’ पुल्चोक इन्जिनियरिङ क्याम्पसका आर्किटेक्टका प्राध्यापकसमेत रहेका तिवारी भन्छन्, ‘अहिले अन्धाधुन्ध डोजर प्रयोग गरेर ती पोखरी नासिएका छन् । खोज्ने हो भने ती इनार भेटिन्छन् । हचुवा र सतही रूपमा यसको पुनर्निर्माण गरिएको छ ।’

मेयर शाक्यले रानीपोखरीको प्राचीन स्वरूप कस्तो थियो, इनार कुन ठाउँमा थियो भनेर नभनिएको गुनासो गरे । ‘इनारबाट पानी कसरी आउँथ्यो ? पानीको स्रोत के हो ? इनार कहाँ थियो भनेर हामीलाई भनिदिनुपर्‍यो,’ उनले भने, ‘बाहिर मात्रै चर्का कुरा गरेर हुन्छ ? हामीलाई विज्ञले प्रमाण दिऊन् । त्यहीअनुसार काम गर्न तयार छु ।’ उनले आफूले सम्पदा मास्ने कुरा नगरी प्राचीन शैली जोगाउँदै यसको विकास गरेर पर्यटक भित्र्याउने कुरा गरेको दाबी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments