२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा एक महिला मृत फेला, हत्या भएको आशङ्का

अ+ अ-

काठमाडौँ । झापाको अर्जुनधारामा एक जना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ । टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरेपछि उनको हत्या भएको अनुमान गरिएको हो । घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयको टोली विशेष तालिमप्राप्त कुकुर प्रयोग गरी खटिएको छ ।

उनको हत्या किन र कसले गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनासँग सम्बन्धित स्थान र आसपासका बासिन्दाहरुसँग सोधपुछ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार इलमको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।