९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा आन्तरिक राजस्व कार्यालयबाट तीन अर्ब राजस्व संकलन

अ+ अ-

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा रु. आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ ४८ करोड छयासी लाख ६७ हजार रुपैयाँ, घरभाडा करतर्फ ७८ लाख ९२ हजार रुपैयाँ, ब्याज करतर्फ चार करोड पाँचलाख ८१ हजार रुपैयाँ, आन्तरिक करतर्फ ४९ करोड नब्बे लाख ६८ हजार रुपैयाँ, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार रुपैयाँ तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

विगत छ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ।

बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व संकलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन्।

प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व संकलन लक्ष्यको तुलनामा कम भएको बताउनुहुन्छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा छ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ संकलन गरेको थियो। गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको थियो।

प्रतिक्रिया दिनुहोस