२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको विधि विज्ञान प्रयोगशालामा ३३ हजार नमुना परीक्षण

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३३ हजार नमुना परीक्षण गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रयोगशालाले ५ हजार ४ सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमुना परीक्षण गरेको जनाएको छ ।

 सो प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ वटा नमुना प्राप्त भएका थिए । नयाँ र पुरानो गरी यत्तिका संख्यामा नमूना परीक्षण गरिएको प्रहरी प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार प्रयोगशालाले भौतिक सबुद प्रमाणको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान गरी अपराध अनुसन्धान कार्यमा प्रभावकारी सहयोग पुगेको छ ।

प्रयोगशालाले चालु आर्थिक वर्षमा विष विज्ञानतर्फ छ हजार सात सय ६२, जीव-सिरम विज्ञानतर्फ सात हजार नौ सय ७९ वटा, रसायन-लागुऔषधतर्फ छ हजार तीन सय १७, ‘डकुमेन्ट’तर्फ छ हजार एक सय ८७, सशस्त्र विज्ञानतर्फ दुई हजार ४८, औँठा छापतर्फ तीन हजार दुई सय ७२, भौतिक विज्ञानतर्फ १६, डिएनएतर्फ तीन सय ५८ र विष्फोटक पदार्थतर्फ एक सय ८३ वटा नमुनाको परीक्षण गरेको छ । 

विधि विज्ञान प्रयोगशालाका सूचना अधिकारी प्रहरी उपरीक्षक योग बहादुर पालले भने, ‘दैनिक प्राप्त हुने नमूना परीक्षणको लागि सीमित जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गर्दै छिटोछरितो कार्यसम्पादन गर्न प्रयोगशाला सक्रिय छ । यसलाई अझ व्यवस्थित बनाउँदै विशेषज्ञ राय प्रदान गर्न निरन्तर क्रियाशील भई लागी रहेका छौं ।’

काठमाडौँको सामाखुसीमा रहेको प्रयोगशाला हाल अपराध अनुसन्धान विभागअन्तर्गत रहको छ । सुनसरी र बाँकेमा विधि विज्ञान एकाइ कार्यालय सञ्चालित छन् । तीनवटै प्रयोगशालाबाट प्रहरी, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ ।