काठमाडौँ । दुग्ध किसानको बक्यौता भुक्तानीको प्रक्रिया अघि बढेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थ मन्त्रालयसँगको छलफलपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने सहमति भएको छ ।
लामो समयदेखि सरकारले दूधको बक्यौता भुक्तानी नगरेपछि किसान आन्दोलित छन् । हाल यो रकमले केही राहत विश्वास मन्त्री साहले गरेकी छन् ।
अर्थ र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच पशुपंक्षी बिमाबापतको ४८ करोड भुक्तानी दिने सहमति पनि बनेको छ ।