२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा किसान सूचीकरण कार्यलाई तीव्र रूपमा अगाडी बढाइने

अ+ अ-

डोटी । डोटीमा किसान सूचीकरण कार्यलाई तीव्र रूपमा अगाडी बढाइने भएको छ । नेपाल सरकारले २०७७ सालमा सुरु गरेको किसान सूचीकरण कार्यलाई डोटीमा तीव्र रूपमा अगाडी बढाउन डोटीका सबै स्थानीय तहका कर्मचारीहरुलाई किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सुरुवात गरिएको छ ।

सुदूरपश्चिम प्रदेश भरी जम्मा ४ लाख ५७ हजार ७ सय ५६ कृषक परिवार सङ्ख्या रहेकोमा हाल सम्म १ लाख ४६ हजार १ सय ५ जनाले मात्र किसान सूचीकरण गरेको कृर्षि सूचना तथा प्रशिक्षण केन्द्र ललितपुरका पशु चिकित्सक डा.सञ्जीव पण्डितले बताए । डोटी जिल्लामा भने ४०,५० जना कृषकले मात्र किसान सूचीकरण गरेको समेत बताए । 

किसानहरूलाई सूचीकरण गर्दा कृर्षि क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै सङ्घ, प्रदेश र स्थानीय सरकाले कृषकहरूलाई दिने अनुदानमा दोहोरोपना नभई सबैलाई समान रूपमा वितरण गर्न सहजता हुने भएकोले अभियानलाई डोटीमा तीव्र रूपमा अगाडी बढाइने कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

कृर्षि विकास कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउन किसान सूचीकरण कार्य आवश्यक रहेको कृर्षि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत चेत बहादुर रोकाले बताए । स्थानीय तह, प्रदेश सरकार र सङ्घ सरकारलाई कृर्षि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्न तथ्याङ्क आवश्यक रहेकोले पनि सूचीकरण गर्न आवश्यक रहेको समेत बताए । 

कृर्षि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन आम नागरिकको दायित्व रहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । प्रजिअ अर्यालले किसान सूचीकरण कार्यलाई प्रभावकारी बनाई प्रविधिले साथ दिने समग्रतामा सहज रूपमा सबैको पहुँच हुने खालको हुन आवश्यक रहेको समेत बताए । किसान सूचीकरण कार्यलाई डोटीमा अभियानको रूपमा अगाडी बढाउन आवश्यक रहेकोले स्थानीय सरकारसङ समन्वय गर्ने समेत प्रजिअ अर्यालले बताए । 

डोटी जिल्लाका सबै स्थानीय तहहरुको आयोजना,कृर्षि ज्ञान केन्द्र डोटीको समन्वय तथा कृर्षि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवन ललितपुरको प्राविधिक सहयोगमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्बन्धी दुई दिने अनुशिक्षण कार्यक्रम डोटीमा सुरुवात गरिएको छ । अनुशिक्षण कार्यक्रममा किसान सूचीकरण सम्बन्धी आवश्यक पर्ने सम्पूर्ण विषय बस्तु र प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । 

  कार्यक्रममा डोटी जिल्लाका सबै स्थानीय तहका कृर्षी शाखा प्रमुख र सूचना प्रविधि शाखाका कर्मचारीहरूको सहभागिता रहेको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।