२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी एसइई परीक्षामा अनुपस्थित

अ+ अ-

धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशका एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन्। बिहीबारदेखि सुरु भएको परीक्षामा नियमिततर्फ ५० हजार ६ सय २६ परीक्षार्थीमध्ये ८ सय ३७, प्राविधिक धारतर्फका एक हजार ३१ परीक्षार्थीमध्ये ६ जना र ग्रेडवृद्धितर्फका एक हजार तीन सय १७ मध्ये एक सय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ।

प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसइई परीक्षा मर्यादित रूपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिए। हिजो पहिलो दिनको अङ्ग्रेजी ग्रेड वृद्धितर्फको प्रश्न पत्रमा समान्य त्रुटि भेटिएको थियो। ‘एउटा प्रश्नमा सामान्य त्रुटि भेटिएको थियो, त्यसलाई सच्याएर परीक्षा मर्यादित रूपमा सम्पन्न गर्न लगायौँ,’ विष्टले भने, ‘डाइरेक्ट स्पिच र इन्डाइरेक्ट स्पिच’बारे सोधिएको ९ नम्बरको प्रश्नमा भेटिएको सामान्य त्रुटिलाई सच्याउनु परेको थियो।’

परीक्षा नियन्त्रण कार्यालयले पनि प्रश्न पत्रमा कुनै त्रुटि भेटिएमा परीक्षा सञ्चालन भएको एक घण्टा भित्रमा आफ्नो सूचना बोर्डमार्फत सूचना गरेर सच्याउन लगाउने गरेको उनले बताए।

धनगढीको धनगढी नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष लक्ष्मणदत्त भट्टले भने आफ्नो केन्द्रमा अङ्ग्रेजी ग्रेडतर्फ पाँच सय २९ परीक्षार्थी रहे पनि प्रश्न पत्रमा त्रुटि रहेको भन्ने बारेमा आफूलाई त्यस्तो गुनासो नआएको बताए। 

उनले भने, ‘कसैको त्यस्तो गुनासो गरेको सुनिएन। परीक्षा सञ्चालन सम्बन्धी कामको बोझले प्रश्न पत्र हेर्न पनि भ्याइएन।’ एसइई परीक्षा अन्तर्गतको एकसय पूर्णाङ्कको ग्रेड वृद्धितर्फको परीक्षाको समय दुई घण्टा १५ मिनेट तोकिएको थियो। नियमिततर्फको परीक्षाको समय भने तीन घण्टा तोकिएको थियो। 

सबै जिल्लामा स्थापना गरिएका दुई सय ११ परीक्षा केन्द्रमार्फत यो परीक्षा सञ्चालन भएको छ।