१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० वटा ऐन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउने उद्योग मन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसद्को हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन्।

सोमबार नेपाल हर्बस् तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औँ वार्षिक साधारण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गरे।

उनले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्ने गरी काम भइरहेको बताए। उद्योगमन्त्री भण्डारीले समयानुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयानुकूल अगाडि बढाउने बताए।

मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे।

उनले करको विषयमा उद्योगी व्यवसायीहरूका असहमतिलाई नीतिगत रूपमा समाधान गर्ने गरी बजेट आउने जानकारी दिए। उनले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरूमा बढी केन्द्रित वस्तुहरू उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे।

उनले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरूलाई निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले उद्योग नीतिमा भएका अस्पष्टताहरूलाई सरकारले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए।

१० वटा उद्योगसँग सम्बन्धी ऐनहरू संशोधन गरेर उद्योगी व्यवसायीहरू उद्योग मन्त्रालय आएर मागहरू पूरा गरौँ भन्ने देउसी-भैलीकै अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने उनको भनाइ थियो।

उनले भने,‘उद्योगमैत्री कानून बनाउने अन्तिम चरणमा पुगेका छौँ। त्यसको प्रक्रियामा अगाडि बढेका छौँ। यही संसद्को अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानूनहरु संशोधनको प्रक्रियामा अगाडि बढाएका छौँ।’

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुने गरी सरकारले केही नयाँ कार्यक्रमहरू ल्याउन लागेको पनि बताए। उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवृद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए। उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस