१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दु-मुस्लिम

अ+ अ-

महोत्तरी । इस्लाम धर्मावलम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद)मनाउँदै छन् भने हिन्दुको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै सम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । 

 नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर्न हिन्दुहरू व्यस्त छन् । महोत्तरीसहित मधेसका मिथिला क्षेत्रमा छ्यासमिस बसोबास रहेका बस्तीमा हिन्दु/इस्लाम अनुयायी एकापसमा  शुभकामना आदानप्रदानमा व्यस्त छन् ।

“इद मुवारक (शुभकामना) छ’, महोत्तरीको भङ्गाहा–४ रामनगरको मुसलमान टोल पुगेका हिन्दु युवक मुस्लिम समवयीलाई आलिङ्गन गर्दै शुभकामना व्यक्त गर्छन्”, यसैगरी मुस्लिम युवक आफ्ना हिन्दु साथीलाई नवरात्र, जुडशीतलको शुभकामना भन्दै सद्भाव व्यक्त गरेका छन् । 

जिल्ला सदरमुकाम जलेश्वरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिन हिन्दूहरु घरघरैजसो पुग्दैछन् । ‘हामी मुस्लिम साथीलाई भेट्न उनीहरूको घरमा पुग्दैछौँ’, जलेश्वर–२ का ३० वर्षीय विनय विश्वकर्मा भन्छन्,’ यहाँ खुसीको वातावरण छ ।’ 

जलेश्वर सामाजिक र धार्मिक सद्भावका लागि उदाहरणीय भएको नगरप्रमुख सुरेश साह सोनार भन्छन् । ‘कुनै मुस्लिमलाई इदको शुभकामना दिन उनका आफन्तभन्दा पहिले हिन्दु पुग्छन्, त्यस्तै हिन्दूका पर्वमा शुभेच्छा प्रकट गर्न मुस्लिम पुग्ने गरेका छन्’, ‘आफ्नो माटोको सहिष्णुताबारे नगरप्रमुख साह भन्छन्’, यो मैथिल परम्परा र संस्कृतिको प्रभाव हो । जलेश्वरमा दसैँ महोत्सव र महाशिवरात्रिजस्ता पर्व र समारोहमा मुस्लिम युवा स्वयंसेवी हुने गरेका उनी बताउछन् । 

जिल्लाका उत्तर/दक्षिण तथा पूर्व/पश्चिम जता पुगे पनि हिन्दु र मुस्लिम युवा सराबरी आपसमा खुसी साटासाट गरिरहेका भेटिएका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउछन् । ‘चाडपर्वमा देखिने हिन्दु/मुस्लिमबीचको यो प्रेम र सद्भावले मलाई भावुक बनाउँछ’ उनी भन्छन्, “छुट्टाउनै सकिन्न, इदमा हिन्दु खुसी व्यक्त गरिरहेका हुन्छन्, दसैँ, छठ र फागुजमा मुस्लिम युवाले त्यसै गरेको देखिन्छ”, यो मिथिला संस्कृति मात्र नभएर बुद्ध दर्शनको समेत प्रभाव भएको उनको भनाइ छ । 

मैथिल हिन्दु, मुसलमान,बौद्ध र  इसाई सबै धर्म परम्पराका छन् । यहाँको आपसी सद्भाव र धार्मिक सहिष्णुता चाहिँ वैदिक सनातन, इस्लामिक सुफी सन्त  र बुद्ध दर्शन परम्पराको निरन्तरता भएको पाका मैथिल बताउँछन् । यो आपसी प्रेम, धार्मिक सद्भाव र सहिष्णुताले मैथिल हुनुको गर्वानुभूति भएको रामगोपालपुर-२ महनपुरका ६० वर्षीय इस्लाम धर्मावलम्बी महम्मद कादिर हुसैन बताउछन् ।