१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

अ+ अ-

धुलिखेल (काभ्रेपलाञ्चोक) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे ।  

सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग हुनुपर्ने बताए । सो कार्य अगाडि बढाउनका लागि बङ्गलादेश सरकारसँग प्रारम्भिक सहमति भइसकेका कारण अबको १६ वर्षभित्रमा उक्त परियोजना सम्पन्न हुनेमा विश्वस्त रहेको उनले बताए । 

“परियोजना सम्पन्न भएपछि यहाँ फेवा तालभन्दा पाँच गुणा ठूलो ताल बन्नेछ”, उनले भने, “सन् २०४० सम्ममा यो परियोजना सम्पन्न हुनेछ, त्यसपछि दोलालघाट क्षेत्र बेग्लै पर्यटकीय गन्तव्यको रूपमा विकास भएर यहाँको रूप रङ नै फेरिनेछ ।”

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जथाभाबी बगरको उत्खनन्ले दोलालघाटको सुन्दरता हराउन थालेको बताए । यहाँका नदी किनारका बगरलाई जथाभाबी उत्खनन् गरेर सुन्दरता मेटाउन खोजेको  उल्लेख गर्दै उनले जिल्ला अनुगमन समितिले नीति बनाएर मात्रै उत्खनन् गर्ने निर्णय गरेकाले अब दोहन रोकिने विश्वास व्यक्त गरे ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले इन्द्रावती र भोटेकोशी दुई नदीको सङ्गमस्थल भएर पलाञ्चोक भगवती मन्दिर, भीमसेनस्थान र बुद्धपार्क उभिएको भन्दै जसको थप पर्यटकीय प्रवर्द्धनात्मक कार्यले मात्रै यहाँको पर्यटकीयस्थललाई थप उचाइमा पु¥याउन सकिने सम्भावना रहेको बताए।  

महोत्सव आयोजक समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठले पर्यटकीय गन्तव्य रहेको दोलालघाटलाई आधुनिकतामा ढाल्ने प्रयास कम भएको बताए । यहाँको विकासको लागि तीन वटा नै सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड दिए ।

‘प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार’ भन्ने नारासहित आजदेखि सुरु भएको महोत्सव आगामी २०८१ वैशाख ३ गते समापन हुनेछ । महोत्सवमा आउने पर्यटकलाई विविध सांस्कृतिक कार्यक्रमद्वारा स्वागत गर्ने, सुनकोशी र इन्द्रावतीका स्थानीय माछाका परिकार उपलब्ध गराउनुका साथै र्याफटिङ (बोटिङ), स्वास्थ्य शिविर, धार्मिकस्थलको प्रचारप्रसार, कृषि प्रदर्शनीका स्टल रहने जनाएको छ । साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधीन बुद्धपार्क तथा दृश्यावलोकन स्तम्भ अवलोकन, भुम्लु गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने मुख्य सोच रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस