काठमाडौँ । यस वर्ष देशभरका ७७ वटै जिल्लामा एक करोड २० लाख थान पाठ्यपुस्तक वितरण भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अघिल्लो शैक्षिक सत्रमा एक करोड ३३ लाख पाठ्यपुस्तक वितरण गरेको थियो।
पुस्तक ७७ जिल्लामा पुगेका भए पनि छुटेका विद्यालय र वितरण केन्द्रलाई सम्पर्क गर्न भनिरहेको लिमिटेडका प्रबन्धक अनिलकुमार झाले जानकारी दिए।
उनका अनुसार अघिल्लो वर्षमा केही पाठ्यपुस्तक परिवर्तन भएकाले पनि धेरै पाठ्यपुस्तक बिक्री भएको हो। यसवर्ष कुनै पनि पाठ्यपुस्तक परिवर्तन भएको छैन।
आज (वैशाख २) गतेदेखि देशभरका सामुदायिक विद्यालयमा भर्ना खुलेका छन्।
नयाँ शैक्षिक सत्र २०८१ का लागि चैत ९ गतेदेखि नै सातै प्रदेशका ९ वटा शाखाबाट पाठ्यपुस्तक बिक्री-वितरण खुल्ला गरिएको थियो।







