२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयका दशौँ र नवौँ तहका १० कर्मचारीको सरुवा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत दशौँ र नवौँ तहका कर्मचारीको सरुवा, पदस्थापन गरेको छ ।

मन्त्रालयले मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत आठ जना दशौँ तहका र दुई जना नवौँ तहका गरेर १० जना कर्मचारीलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको हो ।

जसमा भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट ईएनटी सर्जन दशौँ तहका डा. रबिभुषण सुवालको वीर अस्पतालमा, स्वास्थ्य मन्त्रालय दरबन्दीमा पदस्थापन भई वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट दशौँ तहका डा. लुना शर्माको कार्यरत अस्पतालमा नै खटाएको छ ।

परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा दरबन्दी रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश कार्यालय अन्तरगत कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन दशौँ तहका डा.अमर पौडयाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा खटाएको छ ।

यस्तै परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा.प्रज्वल पौडेलको कार्यरत अस्पतालमा नै कायम गरेको छ ।

कान्ति बाल अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. मधुसूदन कायस्थको कार्यरत अस्पतालमा नै कायम गरेको छ भने सोही अस्पतालमा नै कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. सन्जीतकुमार श्रेष्ठलाई पनि कार्यरत सोही अस्पतालमा नै कायम राखेको छ ।

सिंहदरवार वैद्यखाना विकास समितिमा पदस्थापन भएर आयुर्वेद चिकित्सालय नरदेवीमा कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ दशौँ तहका डा. काशी खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएको छ ।

वीर अस्पतालमा दरबन्दी रहेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा रहेका अस्पताल नर्सिङ प्रशासक नवौँ तहका विद्या बास्तोलालाई सोही अस्पतालमा कायम गरेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा दरबन्दी रहेर वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौँ तहका डा।सुरेन्द्रलाल श्रेष्ठको सोही अस्तालमा कायम गरिएको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दरबन्दी रहेर कान्ति बाल अस्पतालमा कामकाजमा रहेका डा. सुमनविक्रम अधिकारीको कामकाजमा रहेकै अस्पतालमा कायम गरिएको छ ।