२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताएकी छिन् । 

वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै उनले भनिन्,  ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खास गरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।’

लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताइन् । उनले भनिन्, ‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खास गरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ।’

खास गरी मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उहाँले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई उनको आग्रह छ ।