१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उजुरी दिएकै आधारमा संसदीय छानबिन समिति गठन अनावश्यक : रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । सहकारी हिनामिना प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको छ । उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको पार्टीको ठहर छ ।

मंगलबार सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको पार्टी सहप्रक्ता मनिष झाले बताए । झाले सत्ता गठबन्धनमा रहेका अन्य दलले पनि छानबिन समिति बनाउने आधिकारिक निर्णय गरे आफूहरु पनि निर्णय गर्न तयार रहेको बताए । गठबन्धन सहभागी सबै दल, सत्ता पक्ष र प्रतिपक्षले दलले छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेमात्र रास्वपाले सहयोग गर्ने, समिति गठनमा हलो नअड्काउने धारणा रास्वपाको रहेको झाले बताए ।

‘सत्ता पक्षले, गठबन्धनमा भएका सबै दलहरुले सवैदलीय निर्णय गरेर त्यो निष्कर्षमा पुग्छ भने त्यसमा हाम्रो असहमती कहाँ हुन्छ र रु सबैजनाले भन्नुहुन्छ, यदि सत्ता पक्षको सर्वदलीय निर्णय हुन्छ, सबै दलहरु एक ठाउँमा आएर छानबिन गरौँ भन्छन् भने हामीले हलो अड्काउने काम गर्दौनौ, निश्चिन्त रहनुस् ।’

बैठकले सरकारमा पार्टी सहभागी बनेको दुई महिनामा संरचनागत जग बसाउने कार्यमा मन्त्रीहरु बढी रुमल्लिएको विषयमा समीक्षा पनि गरेको छ । रास्वपाले अबका दिनमा जनतालाई डेलिभर गर्नुपर्नेमा जोड दिएर सोही अनुसार मन्त्रीहरुलाई कार्य गर्न भनेको उल्लेख गर्दै झाले उप निर्वाचनबारे अर्को बैठकमा समीक्षा गर्ने निर्णय गरेको सुनाए ।

बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस