काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गरेको हो । काँग्रेसले अहिले नाराबाजी गर्दै वेल घेराउ गरिरहेको छ ।