काठमाडौँ । नेपाली काँग्रेसले काँग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ ।
सोमवार पत्रकार सम्मेलन गरी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अङ्गहरूलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए ।
उनले नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए । उनले सरकारको काम प्रश्न सोध्ने नभई काम गर्ने भएको बताए ।