२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी अर्यालले भने-इन्स्पेक्टर पौडेलको सगरमाथा आरोहण सीमा अनुगमन पनि हो

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलको सगरमाथा आरोहणमात्रै नभएर सीमाको अनुगमन पनि रहेको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले बताएका छन् ।

सगरमाथा आरोहण गरेर सशस्त्र हेडक्वाटर हल्चोक फर्केका पौडेललाई स्वागत गर्दै आइजिपी अर्यालले सीमाको अनुगमन समेत भएको बताएका हुन् ।

इन्स्पेक्टर पौडेललाई जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको स्मरण गर्दै आइजिपी अर्यालले भने, ‘यो सगरमाथा आरोहण मात्र होइन । सीमा सुरक्षाको जिम्मेवारी पाएको सङ्गठनको लागि सीमा अनुगमन पनि हो ।’

अर्यालका साथै एआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई स्वागत गरेका थिए । सशस्त्र प्रहरीको इतिहासमा सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सीधै प्रधान कार्यालयमा ल्याइएको थियो ।

सोही अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेललाई सङ्गठनको तर्फबाट आइजिपी एपीएफ कमेन्डेसनद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा पौडेलले सगरमाथाको शिखरमा फहराएको सङ्गठनको झन्डा पनि अर्याललाई हस्तान्तरण गरेका थिए ।