२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकाको विजयी सुरुवात 

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो । ‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो । 

पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटिएको थियो । यो टी-२० मा श्रीलंकाको सबैभन्दा कम स्कोर पनि हो । ७८ रनको  सामान्य लक्ष्य पूरा गर्नका लागि दक्षिण अफ्रिकाले १६.२ ओभर खेल्दै ४ विकेट गुमाउनु पर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाको सुरुवात खासै राम्रो हुन सकेन र चौथो ओभरमा १३ रनको स्कोरमा पहिलो विकेट गुमायो । पाथुम निसान्का ३ रन बनाएर आउट भएका थिए । श्रीलंकालाई आठौं ओभरमा दोस्रो झट्का लागेको थियो र कामिन्दु मेन्डिस ११ रन बनाएर आउट पभेलिएन फर्किए । यसपछि विकेट झर्ने क्रम सुरु भयो र श्रीलंकाका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै आउट भए ।

 कप्तान वानिन्दु हसरंगा र सादिरा समाराविक्रमाले खाता पनि खोल्न सकेनन् भने कुसल मेन्डिस १९ र चरित असालान्का ६ रन बनाएर आउट भए । यसरी १२ औं ओभरमा श्रीलंकाको स्कोर ६ विकेटको नोक्सानीमा ४५ रन बनेको थियो ।

श्रीलंकाले १३ औं ओभरमा ५० रन पुरा गरेपनि कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । अनुभवी दासुन शनाकाले ९ रनको योगदान दिए । योसँगै एन्जेलो म्याथ्युजको ब्याटबाट १६ रन आए । तल्लो क्रमका ब्याट्सम्यानले खास केही गर्न सकेनन् र महिष तिक्षानाले एक छेउमा ७ रन बनाएर अविजित रहे । यसरी श्रीलंकाको इनिङ्स २०औं ओभरमा ७७ रनमा सीमित भयो, जुन यसको सबैभन्दा कम टी-२० अन्तर्राष्ट्रिय कुल पनि थियो । दक्षिण अफ्रिकाका लागि एनरिच नोर्टजेले सर्वाधिक ४ विकेट लिए ।

सानो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात पनि खास आकर्षक भने रहेन ।  ओपनर रीजा हेन्ड्रिक्सले ४ रन बनाएर दोस्रो ओभरमा आउट भए । कप्तान एडेन मार्करामले पनि ठूलो इनिङ खेल्न सकेनन् र पाँचौं ओभरमा १४ बलमा १२ रन बनाएर पभेलियन फर्किए ।

क्विन्टन डी कक र ट्रिस्टन स्ट्रब्सले ५० रन बनाए  । त्यहाँबाट हेनरिक क्लासेन १९ र डेभिड मिलर ६ रन जोड्दै ले आफ्नो टोलीलाई थप क्षति हुन नदिएर जित दिलाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।